चोरिएको मूर्तिबारे थाहा दिनेलाई पाँच लाख इनाम

चोरिएको मूर्तिबारे थाहा दिनेलाई पाँच लाख इनाम

ललितपुरको सुनाकोठीबाट चोरी भएको बालकुमारी मन्दिरको मूर्तिबारे सूचना दिनेलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ । बालकुमारी भवानी गुठीले सूचना जारी गर्दै हराएको मूर्तिबारे सूचना दिनेलाई पाँच लाख रुपैयाँ कम नहुने गरी पुरस्कार दिने घोषणा गरेको हो ।

गुठीले सूचना दिने व्यक्ति र कम्पनीको नाम गोप्य राख्ने बताएको छ । मूर्तिबारे कुनै सूचना भए मोबाइल नम्बर ९८८१२१७७८६ मा सम्पर्क गर्न भनिएको छ ।

पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको पुरानो मूर्ति गत ९ माघमा चोरी भएको थियो । मन्दिरका पुजारीहरुले बिहान चार बजे नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि स्थानीय जनप्रतिनिधिहरुलाई खबर गरेका थिए । त्यसपछि प्रहरीलाई जानकारी गराइएको थियो ।

टिप्पणीहरू