पूर्वमा पनि मन्त्री थप्ने प्रतिस्पर्धा

पूर्वमा पनि मन्त्री थप्ने प्रतिस्पर्धा

प्रदेश नम्बर १ सरकारले ७ वटा मन्त्रालयको संख्या बढाएर १२ वटा पुर्याउने भएको छ । हाल रहेका ७ वटा मन्त्रालयबाट कार्यसम्पादनमा समस्या भएकाले छिटो छरितो र विशिष्टकृत रुपले सेवा प्रदान गराउन मन्त्रालयको संख्या बढाएर १२ पुर्याउने भनिँदैछ ।

हाल प्रदेश १ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषदसहित सामाजिक विकास,आन्तरिक मामिला तथा कानुन,भूमि व्यवस्था,कृषि तथा सहकारी,भौतिक पूर्वाधार विकास, आर्थिक मामिला तथा योजना र उद्योग,वन वातावरण तथा पर्यटन मन्त्रालय छन् । अब नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी, जनता समाजवादी एवम् संघीय लोकतान्त्रिक मञ्च आवद्ध पाँचदलीय गठबन्धनले भागबण्डाका लागि मन्त्रालय फुटाएर १२ वटा पुर्याउन लागेका हुन् ।

जसमा सामाजिक विकास मन्त्रालयलाई तीन वटा र अन्य मन्त्रालयहरु भूमि व्यवस्था तथा कृषि,भौतिक पूर्वाधार, उद्योग वन पर्यटनलाई दुई दुई वटा बनाइने छ । हाल रहेको एक राज्यमन्त्री समेत गरेर मन्त्रीको संख्या प्रदेशमा जम्मा १३ पुग्ने भएको छ । मन्त्रालय फुटाइए पनि एउटै सचिवबाट काम चलाउने र मन्त्रीहरुको खर्चमा कटौती गर्ने योजना प्रदेश सरकारको रहेको बताइएको छ ।

टिप्पणीहरू