कोरोनाले बन्द भएका यातायात कार्यालय खुल्न थाले
कोरोनाको तेस्रो लहर ओमिक्रोनको जोखिम बढेसंगै बन्द भएका यातायात कार्यालय फेरि खुल्न थालेको छन् । कर्मचारीमा संक्रमण देखिएपछि सेवा स्थगित गरिएको यातायात कार्यालयहरुले आजबाट पुन सेवा सूचारु गरेको हुन् ।
यातायात कार्यालय, भक्तपुरले आजदेखि सेवा सूचारु गरेको छ । स्वास्थ्य मापदण्डको पालना गर्दै कार्यालयले नयाँ तथा वर्ग थप दर्ता, रिट्रायल दर्ता, लिखित तथा प्रयोगात्मक परीक्षा लिन थालेको छ ।
त्यस्तै, यातायात व्यवस्था कार्यालय ठूलो भप्याङले पनि आजदेखि सेवा सुरु गरेको छ । गत माघ ३ गतेदेखि रोकिएको ड्राइभिङ लाइसेन्सको परीक्षा सञ्चालनमा ल्याइएको हो ।
टिप्पणीहरू