विध्युतले खोल्यो स्थगित रोजगारी परीक्षा
कोरोनाको तेस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै स्थगित विद्युत प्राधिकरणको परीक्षा पुन सञ्चालन गरिने भएको छ । स्थगित अन्तर्वार्ता माघ २४ गतेबाट सञ्चालन गर्न लागिएको हो ।
प्राधिकरणले कोभिड–१९ महामारीपछि लिखित परीक्षाबाट छनौट भएकाको अन्तर्वार्तालगायत कार्यक्रम स्थगित गरेको थियो ।
प्राधिकरणका अनुसार, प्रशासन तथा प्राविधिक सेवाअन्तर्गत तह ४ का विभिन्न पदहरूको स्थगित अन्तर्वार्ता परीक्षा यही माघ २४ बाट सञ्चालन हुँदैछ । अन्तर्वार्ता परीक्षा कार्यक्रमको विस्तृत विवरण प्राधिकरणको वेबसाइटबाट हेर्न सकिने छ ।
साथै तह ४ को अन्तर्वार्ता सम्पन्न भएपछि परिस्थिति अनुकूल भएमा अन्य पदहरूको परीक्षा कार्यक्रम सार्वजनिक गरिने प्राधिकरणले जनाएको छ ।
टिप्पणीहरू