बिजुलीको तारमा गुल्टिएर सामुहिल घाइते

बिजुलीको तारमा गुल्टिएर सामुहिल घाइते

बिजुलीको तार तान्ने क्रममा पश्चिम रुकुममा एक जना घाइते भएका छन् । आठबिसकोट नगरपालिका ३ का २२ वर्षे सामुहिल बुढा बिजुलीको तार तान्ने क्रममा घाईते भएका हुन् ।

आज बिहान बिजुलीकोतार तान्नलाई पोलमा चढेका बुढाले टेकेको सिढी चिप्लिएपछि लडेका थिए । बुढाको टाउको र अनुहारमा चोट लागेको स्थानीय घनश्याम भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार आज नगरपालिकाको वडा नम्बर ५ स्थित नयाँ डाँडामा विद्युतको तार तान्ने क्रममा बुढा घाइते भएका हुन् । नगरपालिकाको खदिगाउँबाट गोतमकोट विद्युत लाइन बिस्तारको काम भइरहेको छ ।

घाइते बुढालाई गोतामकोटमा सामान्य उपचारपछि थप उपचारको लागि नगर अस्पताल आठबिसकोट पठाइएको छ ।

टिप्पणीहरू