झोलाभरी चाँदीका गहना
काठमाडौंको दक्षिणकालीमा प्रहरीले चाँदीका गहना समातेको छ । कलैयाबाट काठमाडौं आउँदै गरेको ना.१ ज ७२०८ नम्बरको टाटा सुमोमा १३ केजी चाँदीका गहना फेला परेको हो ।
सुमोमा सवार बाराको सिम्रौनगढ नगरपालिकाका ३८ वर्षीय रामसंखर साहको झोलाबाट ती सामान फेला परेको हो । प्रहरीका अनुसार चाँदीको लेपन लगाइएको १३ केजी गरगहना फेला परेको हो ।
पक्राउ परेका साह र चाँदीको गरगहना इलाका प्रहरी कार्यालय फर्पिङको नियन्त्रणम राखेर आवश्यक छानबिन थालिएको बताइएको छ ।
टिप्पणीहरू