पेट्रोलको दाम बढेकोमा क्रान्तिकारीको विरोध

पेट्रोलको दाम बढेकोमा क्रान्तिकारीको विरोध

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीसम्वद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न माग गरेको छ ।

आज विज्ञप्ति सार्वजनिक गर्दै क्रान्तिकारीले मूल्यवृद्धि फिर्ता लिन सरकारसंग माग गरेको हो । कोरोनाको जोखिमका बेला सरकार जनताप्रति गैरजिम्मेवार बनेको विज्ञप्तिमा उल्लेख छ । क्रान्तिकारीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा सरकार गम्भिर नभए सशक्त सङ्घर्षमा उत्रने चेतावनी पनि दिएको छ ।

नेपाल आयल निगमले हिजो राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर ३-३ रुपैयाँको दरले भाउ बढाउने निर्णय गरेको थियो । यस्तै आन्तरिक हवाईइन्धनमा प्रतिलिटर १० र अन्तर्राष्ट्रिय हवाईइन्धनमा अमेरिकी डलर १०० ले मूल्य बढाईएको छ ।

टिप्पणीहरू