कोरोनाका कारण नारायणहिटीको महायज्ञ रोकियो
नारायणहिटी दरबार संग्रहालयभित्र आजबाट हुने भनिएको ‘सतीश्राप मुक्ति महायज्ञ’ स्थगित भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमको कारण महायज्ञ स्थगित गरिएको हो ।
माघ १९ गतेदेखि २९ गतेसम्म नारायणहिटी दरबार संग्रहालयभित्रको पूजा कोठामा ‘सतीश्राप मुक्ति श्री शिवशक्ति महायज्ञ’ गर्न दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिको गत पुस १२ गतेको बैठकले स्वीकृति दिएको थियो ।
तर, कोरोना महामारी जारी रहेको र सरकारले २५ जनाभन्दा बढी मानिस उपस्थित हुन नपाउने आदेश जारी गरेका कारण महायज्ञ स्थगित भएको समितिले जनाएको छ ।
टिप्पणीहरू