आज कोरोनाबाट १२ जनाको ज्यान गयो

आज कोरोनाबाट १२ जनाको ज्यान गयो

पछिल्लो २४ घण्टामा मुलुकभर तीन हजार छ सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ । ११ हजार पाँच सय ८२ नमूना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

६ हजार चार सय ९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार दुई सय पाँच जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार चार सय ३२ जना गरी जम्मा तीन हजार छ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाको कारण १२ जनाले ज्यान गुमाएका छन् । हाल देशभरमा ६९ हजार दुई सय ९१ सक्रिय संक्रमित छन् भने ७ हजार पाँच सय ५५ जना संक्रमणमुक्त भएका छन् ।

टिप्पणीहरू