कोकिन खाने १६ को मृत्यु, ५० सख्त घाइते
विषाक्त कोकिन खाँदा अर्जेन्टिनामा कम्तीमा १६ जनाको निधन भएको छ भने ५० जना बिरामी परेका छन् ।
कोकिन एउटै स्थानबाट किनिएको र त्यहाँ विपन्न वर्ग बस्ने गरेको प्राप्त विवरणहरुमा जनाइएको छ । प्रहरीले विषादीयुक्त कोकिन बेचेको आरोपमा नौ जनालाई पक्राउ गरेको छ ।
अवैध लागुऔषधमा केही मिसाएको हुन सक्ने अनुसन्धानकर्ताहरुले जनाएका छन् । क्षेत्रीय सुरक्षामन्त्रीले पछिल्लो २४ घण्टाभित्र किनेर ल्याएका कोकिन फाल्न प्रयोगकर्तालाई आह्वान गरेका छन् ।
टिप्पणीहरू