रुस–युक्रेनबीच शान्तिको माग गर्दै बुटवलमा प्रदर्शन

रुस–युक्रेनबीच शान्तिको माग गर्दै बुटवलमा प्रदर्शन

रुस र युक्रेनबीच सम्भावित युद्ध रोक्न आग्रह गर्दै बुटवलमा प्रदर्शन गरिएको छ । रुस र युक्रेनबीच बढ्दो तनाव अन्त्य गर्न र सम्भावित युद्ध रोक्न आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाजले आज बुटवलको चौराहामा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा उपस्थित सबैले ‘युद्धमा कसैले पनि जित्दैनन् पराजित केवल मानवता हुने गर्छ’, ’युद्धमा सवैको क्षय हुन्छ, शान्तिमा सबैको जय हुन्छ’, लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा रुस र युक्रेनलाई युद्ध रोक्दै शान्ति प्रवद्र्धन गर्न र जनताको शान्तिको अधिकारको सम्मान गर्न आग्रहसमेत गरिएको थियो ।

शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले युद्ध रोक्न संयुक्त राष्ट्रसंघसहितका अन्तर्राष्ट्रिय समुदायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।

टिप्पणीहरू