आज कोरोनाबाट १४ जनाको निधन, तीन हजार बढी संक्रमित
गत २४ घण्टामा मुलुकभर तीन हजार एक सय ७५ जना कोरोना संक्रमित भेटिएका छन् । १२ हजार छ सय पाँच जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित भेटिएको हो ।
यो अवधिमा आठ हजार सात सय २३ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९२ दशमलव २ प्रतिशत रहेको छ । मुलुकभर अझै ६३ हजार दुई सय ९६ जना सक्रिय संक्रमित छन् । आज १४ जनाले ज्यान गुमाएसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार सात सय ७८ पुगेको छ ।
कोरोनाको तेस्रो लहर सुरु भएदेखि नै सबैभन्दा धेरै संक्रमित उपत्यकामा छन् । पछिल्लो २४ घण्टामा उपत्यकामा एक हजार पाँच सय नौ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये काठमाडौंमा एक हजार दुई सय ४९ जना संक्रमित थपिएका छन् । भक्तपुरमा ७७ र ललितपुरमा एक सय ८३ जना पुष्टि भएका हुन् ।
काठमाडौंमा सक्रिय संक्रमितको संख्या २१ हजार सात सय ३६ पुगेको छ । भक्तपुरमा चार हजार छ सय ५२ र ललितपुरमा नौ हजार तीन सय ६० जना सक्रिय संक्रमित छन् ।
टिप्पणीहरू