लोकसेवाका सबै जाँच फागुनमा

लोकसेवाका सबै जाँच फागुनमा

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि स्थगित भएको लोक सेवा आयोगका परीक्षा फागुनमा हुने भएका छन् ।

लोक सेवा आयोगले नयाँ तालिका सार्वजनिक गर्दै उपसचिव वा सो सरह (अप्राविधिक/प्राविधि), शाखा अधिकृत वा सो सरह (प्राविधि) र स्वास्थ्य सेवातर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदाका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन हुने जनाएको हो ।

तालिकामा स्थगित भएका सबै परीक्षा आउँदो २०७९ बैशाख १४ गतेसम्म सम्पन्न हुने उल्लेख छ । परीक्षा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन हुने आयोगले जनाएको छ ।

टिप्पणीहरू