इलाममा हुरीले टावर लडायो

इलाममा हुरीले टावर लडायो

इलाममा आज बिहानको हावाहुरीले टावर लडाएको छ । रोङ गाउँपालिकाको भालुझोडामा रहेको नेपाल टेलिकमको टावर हावाहुरीले ढालिदिएको हो ।

आज बिहान करिब साढे ९ बजेको समयमा वर्षासँगै आएको हावाले टावर उडाएर ढालेको रोङ गाउँपालिकाकी उपाध्यक्ष चन्द्र कला राईले जानकारी दिनुभयो । उहाँका अनुसार रोङ गाउँपालिका ४, भालुझोडामा रहेको नेपाल टेलिकमको टावर हावाले उडाएर क्षतिग्रस्त पारको हो ।

हावाहुरीले राजमार्ग आसपासका रूख ढालेको छ भने रोङकै सिद्धदेवी विद्या मन्दिरको छानोसमेत उडाएको हो ।

टिप्पणीहरू