प्रहरीमा एआइजी थप्न सहमति प्राप्त,घाँटीको उपचारका लागि आइजी भारतमा
नेपाल प्रहरीमा तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) थपिने टुंगो लागेको छ । दरबन्दी थप्न गृह मन्त्रालयले राखेको प्रस्ताव आज अर्थ मन्त्रालयले स्वीकृत गरेसँगै प्रहरीमा एआइजी संख्या बढ्न लागेको हो ।
प्रहरीमा हाल डाक्टरको दरवन्दीसहित पाँच जना एआइजी छन् । दरबन्दी थपिएसँगै एआइजीको संख्या अब ८ पुग्ने छ । यसअघि ०७४ मा देउवा प्रधानमन्त्री हुँदा यो दरवन्दी १५ पुर्याइएको थियो,ओली आउनासाथ ४ मा झारेर फेरि ५ पुर्याइयो ।नेपाल प्रहरीले १५ जना एसएसपीको पनि दरबन्दी बढाउन प्रस्ताव लगेको थियो । तर,चुनावको मुखमा अर्थले आनाकानी गरेकाले दरबन्दी थप भएन ।
“प्रधानसेनापति प्रभूराम शर्मा उपचार गराएर फर्किएपछि सशस्त्रका आइजीपी शैलेन्द्र खनाल पनि घाँटी जँचाउन आज एक हप्ताको छुट्टी लिएर दिल्ली गएका छन् ।”
सशस्त्र प्रहरी बलले पनि एक एआइजीको दरबन्दी थपका लागि प्रस्ताव गरेकोमा अर्थले स्वीकार नगरेको बताइएको छ । सशस्त्रले बिओपी (सीमा सुरक्षा) का लागि तीन हजार दरबन्दीसमेत मागेको थियो ।
यता,सुरक्षा निकायका प्रमुखहरु घाँटीको उपचारका लागि धमाधम भारत जान थालेका छन् । प्रधानसेनापति प्रभूराम शर्मा उपचार गराएर फर्किएपछि सशस्त्रका आइजीपी शैलेन्द्र खनाल पनि घाँटी जँचाउन आज एक हप्ताको छुट्टी लिएर दिल्ली गएका छन् ।
टिप्पणीहरू