प्रधानमन्त्रीको पुत्ला जलाइयो

प्रधानमन्त्रीको पुत्ला जलाइयो 
राजधानीको त्रिचन्द्र कलेज सामुन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरिएको छ । आज साँझ विप्लव निकट अखिल क्रान्तिकारीले प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।
क्रान्तिकारी विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि र एमसीसी खारेजीको माग गर्दै मसाल जुलुससहित पुत्ला दहन गरेका हुन् ।
अखिल क्रान्तिकारीको त्रिचन्द्र कलेज इकाई कमिटी अध्यक्ष वीरेन्द्र नेपालीको नेतृत्वमा पुुत्ला दहन कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

टिप्पणीहरू