गृहमन्त्रीको जिल्लाबाट आन्दोलन चर्काउने तयारी

गृहमन्त्रीको जिल्लाबाट आन्दोलन चर्काउने तयारी

प्रहरीले विरोध कार्यक्रममा दमन गरेको भन्दै विद्यार्थी संगठन अनेरास्ववियुले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनु पर्ने र स्थानीय तहको निर्वाचन तत्काल घोषणाको माग गर्दै आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री कार्यालय अघिल्तिर गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले अनावश्यक हस्तक्षेप गरेको भन्दै अनेरास्ववियुले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो ।

प्रदर्शनको क्रममा मुख्यमन्त्री कार्यालय अघिल्तिरबाट कालो बेलुन उडाउने क्रममा मुख्यमन्त्रीको निर्देशनमा प्रहरीले दमन गरेको भन्दै अनेरास्ववियुले विज्ञप्ति मार्फत चर्को विरोध गरेको छ ।

आन्दोलनको नयाँ कार्यक्रमअनुसार भोलि रूपन्देही जिल्लामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा राज्यमन्त्रीका सवारी साधान गुड्न नदिने र दिउँसो २ बजे बुटवल बहुमुखी क्याम्पसबाट विरोध प्रदर्शन गर्ने भनिएको छ ।

टिप्पणीहरू