संक्रमणदर स्वात्तै घट्यो, मृत्युदर उस्तै
गत २४ घण्टामा मुलुकभर एक हजार पाँच सय ७० जना कोरोना संक्रमित भेटिएका छन् । ११ हजार तीन सय ६५ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित भेटिएको हो ।
यो अवधिमा छ हजार एक सय ४६ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९४ दशमलव ६ प्रतिशत रहेको छ । मुलुकभर अझै ४० हजार एक सय ११ जना सक्रिय संक्रमित छन् । आज १३ जनाले ज्यान गुमाएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार आठ सय २७ पुगेको छ ।
कोरोनाको तेस्रो लहर सुरु भएदेखि सबैभन्दा धेरै संक्रमित उपत्यकामा छन् । पछिल्लो २४ घण्टामा उपत्यकामा चार सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये काठमाडौंमा तीन सय ५० जना संक्रमित थपिएका छन् । भक्तपुरमा २८ र ललितपुरमा ५९जना पुष्टि भएका हुन् ।
काठमाडौंमा सक्रिय संक्रमितको संख्या नौ हजार तीन सय ९६ पुगेको छ । भक्तपुरमा दुई हजार छ सय ७२ र ललितपुरमा सात हजार ३६ जना सक्रिय संक्रमित छन् ।
टिप्पणीहरू