सहायक सिडिओ कोरोनामुक्त भएलगत्तै जिल्ला पनि ढुक्क
हुम्ला जिल्ला अहिले कोरोनामुक्त भएको छ । कोरोनाबाट संक्रमित सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राई कोरोनामुक्त भएपछि जिल्ला समेत संक्रमितमुक्त भएको हो ।
सहायक सिडिओ राईलाई गत माघ १६ गते कोरोना संक्रमण भएको थियो । सात दिनसम्म आइसोलेसनमा बसेर उपचार गरेपछि अहिले आफू संक्रमणमुक्त भएको उहाँले बताउनुभएको छ ।
यद्यपि हुम्ला जिल्ला अस्पतालले आइसोलेसनमा बसेपछि संक्रमणमुक्त हुने बताउँदै पीसीआर परीक्षणसमेत गर्न नपर्ने जानकारी दिएको उल्लेख गर्नुभयो । भन्नुभयो,‘अहिले मलाई ठीक छ । जिल्ला अस्पतालले सात दिन आइसोलेसनमा बसेपछि संक्रमणमुक्त हुने बताएको थियो । त्यसैले परीक्षण गरिएन तर म अहिले ठीक छु ।’
उहाँले हुम्ला जिल्लामा कोरोनाका संक्रिय संक्रमित नरहेको जानकारी पनि दिनुभएको छ । आफूलाई संक्रमण हुँदा आठदेखि १० जना जति संक्रमित रहे पनि अहिले जिल्लामा कोरोना संक्रमित नरहेको उहाँको दाबी छ ।
टिप्पणीहरू