धमाधम सुरु हुँदै लिगका बाँकी खेल

धमाधम सुरु हुँदै लिगका बाँकी खेल

सहिद स्मारक ए डिभिजन लिगका बाँकी खेल यही शुक्रबार अर्थात् माघ २८ गतेबाट शुरु हुने भएको छ । नवौं चरणको खेलपछि कोरोना संक्रमण र नेपाली राष्ट्रिय टिमको मैत्रीपूर्ण खेलका लागि रोकिएका खेलहरु पुन: शुरु हुने भएका हुन् ।

१० औं चरणको पहिलो खेलमा फ्रेन्ड्सले ब्रिगेड ब्वाइजको सामना गर्दा दोस्रो खेलमा त्रिभुवन आर्मीले जावलाखेल युथसँग दशरथ रंगशालामा प्रतिस्पर्धा गर्नेछ । एन्फा कम्प्लेक्समा दोस्रो दिन हुने अर्को खेलमा नेपाल पुलिस र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । सोही दिन दशरथ रंगशालामा च्यासल युथ क्लब र मछिन्द्रको भिडन्त हुँदैछ । थ्री स्टार क्लब र मनाङ मस्य्राङदीले पनि माघ २९ गते दशरथ रंगशालामै प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै, १० औं चरणको अन्तिम खेलमा न्युरोड टिमसंग हिमालयन शेर्पा क्लबले खेल्नेछ भने एपीएफ फुटबल क्लबसंग संकटा क्लबले प्रतिस्पर्धा गर्ने भएको छ । एन्फाले तीन चरणको ड्र हिजो सार्वजनिक गरेको हो । १२ औं चरणका सबै खेल दशरथ रंगशालामा हुने छन् भने १० औं चरणको एउटा खेल एन्फा कम्प्लेक्समा हुनेछ । यसैगरी ११ औं चरणका तीन खेल एन्फा कम्प्लेक्समा खेलिदै छ ।

टिप्पणीहरू