हृदयाघातका कारण अस्ताए महाभारतका भीम
भारतको लोकप्रिय धार्मिक धारावाहिक ‘महाभारत’ मा भीमको भूमिका निर्वाह गरेका प्रवीणकुमार सोवतीको निधन भएको छ । उनको हृदयाघातका कारण ७४ वर्षको उमेरमा अस्ति देहावसान भएको हो ।
प्रवीण पछिल्लो दशकमा लामो समयदेखि घरमै थिए । स्वास्थ्य अवस्था राम्रो नभएपछि चिकित्सकले उनलाई धेरै थरिका खानेकुरामा रोक लगाएका थिए ।
अभिनय र चलचित्र क्षेत्रमा आउनुअघि उनी डिस्क थ्रोका प्रख्यात खेलाडी थिए । उनले एसियाली खेलकुदमा चार पदक (दुई स्वर्ण,एक रजत र एक कास्य) जितेका र दुई वटा ओलम्पिकमा भाग लिएका थिए ।
खेलकुदमा सफल भएपछि फिल्ममा आउने निर्णय लिए । सन् १९८१ मा रिलिज भएको फिल्म ‘रक्षा’ बाट डेब्यू गरेको भए पनि उनले ‘महाभारत’ को ‘भीम’ बाट सर्वाधिक पहिचान बनाएका हुन् ।


टिप्पणीहरू