एमसीसीको भर्चुअल मिटिङ-सँशोधनको त चान्सै छैन

एमसीसीको भर्चुअल मिटिङ-सँशोधनको त चान्सै छैन

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गराउनुपर्ने समयसीमा छोटिँदै गएको सन्दर्भमा हिजो एमसीसी मुख्यालयले भर्चुअल छलफल गरेको छ । छलफलमा काठमाडौंस्थित एमसीए नेपाल र राजदूत र्‍याण्डी बेरीसहित अमेरिकी दूतावासका अधिकारीहरु सहभागी थिए ।

यता राजनीतिक दल र तिनका नेताहरु एमसीसी सम्झौता पारित गर्न नसक्ने र अस्वीकार गर्न पनि नसक्ने अवस्थाबाट गजृरहेको बेला एमसीसीसम्बद्ध पक्षले भर्चुअल छलफल गर्नुलाई अर्थपूर्ण मानिएको छ । छलफलमा अमेरिकाबाट एमसीसीकी उपाध्यक्ष फातेमा सुमार र सहउपाध्यक्ष जोनाथन ब्रुक्सले भाग लिएका थिए ।

“अमेरिकी पक्ष आफ्नो अडानबाट टसको मस नहुने देखिएको छ । एमसीसी मुख्यालयको सन्देश पनि त्यहि थियो । अमेरिकी दूतावास र एमसीए नेपाललाई त्यहि सन्देश दिन हिजो भर्चुअल बैठक बोलाइएको हुनसक्छ ।’

छलफलमा बोल्दै सुमारले पहिलेकै अडान दोहोर्याएको उच्च स्रोतले बताएको छ । उनले नेपालका प्रधानमन्त्री र गठबन्धन दल माओवादी केन्द्रका अध्यक्षले पत्रमा उल्लेख गरेको समयसीमाभित्र सम्झौता अनुमोदन गरेर आफ्नो प्रतिबद्धताको सम्मान गर्ने विश्वास लिएकी थिइन् ।एमसीए नेपाल स्रोतले भनेको छ, ‘अमेरिकी पक्ष आफ्नो अडानबाट टसको मस नहुने देखिएको छ । एमसीसी मुख्यालयको सन्देश पनि त्यहि थियो । अमेरिकी दूतावास र एमसीए नेपाललाई त्यहि सन्देश दिन हिजो भर्चुअल बैठक बोलाइएको हुनसक्छ ।’

टिप्पणीहरू