चितवनमा पनि नक्कली पीसीआर रिपोर्ट
चितवनमा पनि नक्कली पीसीआर बनाउने दुई जनामाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । परीक्षण गर्नेको नक्कली पीसीआर रिर्पोट तयार पार्ने दुई जना स्वास्थ्य सहायकमाथि जिल्ला अदालत चितवनले थप अनुसन्धान गर्न आदेश दिएको हो ।
चौबिसकोठिस्थित देव हस्पिटलमा उपचारार्थ बिरामीको नक्कली पिसिआर रिर्पोट तयार गरेको भन्दै जिल्ला अदालत चितवनले भरतपुर महानगरपालिका १३ का हेल्थ एसिस्टेन्ट सन्दिप सापकोटा र रत्ननगर नगरपालिका ६ का प्रकाश न्यौपानेमाथि अनुसन्धान थाल्न भनेको हो ।
उनीहरुले पीसीआर परीक्षणको लागि स्वाबको नमूना संकलन गरेर नक्कली रिपोर्ट तयार गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएर अदालतमा बुझाएको थियो । हाल उनीहरुमाथि अदालतले दिएको आदेशअनुसार थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिएका छन् ।
टिप्पणीहरू