पाइलटमाथि खनिए पाइलट
नेपाल एयरलाइन्सका पाइलट तथा उपनिर्देशक विजय लामाको राजीनामा माग गरिएको छ । वायुसेवा क्याबिन क्रु संघले नै लामाको राजीनामा मागेको हो ।
लामाको काम गर्ने शैली विधिसम्मत नभएको तथा नीति नियमभन्दा बाहिर गएर निर्णयहरू भएको भन्दै संघले अपरेसन विभागलाई पत्राचार गरेको बताइन्छ । लामाले व्यक्तिवादी चरित्र हावी गराएकाले कार्य वातावरण असहज भएको उनीहरुको आरोप छ ।
लामाको राजीनामा माग्नेमा एक सयभन्दा धेरै क्याबिन क्रु छन् ।
टिप्पणीहरू