कमल थापालाई राप्रपामै फर्किन पशुपतिको आग्रह

कमल थापालाई राप्रपामै फर्किन पशुपतिको आग्रह

राप्रपाका पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले कमल थापालाई फेरी राप्रपामै फर्किन आग्रह गरेका छन् । आज पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठकअघि सञ्चारकर्मीहरूसँग बोल्दै उनले सो आग्रह गरेका हुन् ।

थापाले पार्टी परित्यागको घोषणा गर्नु अनपेक्षित भएको उनले बताए । यस्तै, धैर्य गर्न बारम्बार आग्रह गर्दा पनि थापाले अस्वीकार गरेको भन्दै उनले गुनासो गरे ।

आगामी बैशाखमा हुने तीनै तहको चुनावका लागि पार्टीले गम्भीर भएर सोच्नुपर्ने उनको भनाइ छ ।

टिप्पणीहरू