आइतबारदेखि सर्वोच्च अदालत पूर्णरुपमा खुल्ने

आइतबारदेखि सर्वोच्च अदालत पूर्णरुपमा खुल्ने

सर्वोच्च अदालतले कोरोनाका कारण संकुचनमा परेको सेवा नियमित गर्ने भएको छ । आज एक सूचना जारी गर्दै सर्वोच्च प्रशासनले आईतबारबाट सबै कामकाज नियमित सुचारु हुने जानकारी दिएको हो ।

कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनलगायत विभिन्न भेरिएन्टका कारण संकुचन गरिएका सबै सेवा प्रवाह फागुन १ गतेबाट नियमित रुपमा सुचारु गर्ने सर्वोच्चले जानकारी दिएको छ ।

यसअघि सर्वोच्चले भोलिसम्मका लागि नियमित सेवा प्रवाहमा संकुचन गरेको थियो ।

 

टिप्पणीहरू