फार्मेसीले उपभोक्ता ठगे, म्याद गुज्रिएको औषधि भिडाए
म्याद गुज्रिएको औषधी बेचेर बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने १६ औषधि पसलमाथि कारबाही गरिएको छ । औषधि व्यवस्था विभागले गत पुस महिनामा १६ औषधि पसललाई कारबाही गरेको हो । औषधि बिक्रीवितरण गर्ने लाइसेन्स पाएका व्यक्ति बाहेक अरुले औषधि बिक्री गरेको, पसल दर्ता नगरेको, औषधि बिक्री वितरणमा बिल भरपाई नदिने औषधि पसलको इजाजत निलम्बित गरेको विभागले जनाएको छ ।
विभागमा दर्ता गराएर मात्र सञ्चालन गर्नुपर्ने प्रावधान भए पनि कतिपय पसल दर्ता नगरी सञ्चालन गरेको पाइएको छ । तिनीहरुले म्याद गुज्रिएकादेखि शरीरमा गम्भीर असर पार्ने औषधिसमेत बिक्री गरेको भेटिएको हो ।
विभागको कारबाहीमा पर्नेमा इन्द्रेणी औषधि पसल, सेवा फार्मेसी, रुद मेडिको फर्मा, गल्याङग अस्पताल प्रालि, मिशन मेडिकल हल, कालिगण्डकी सेन्टर, लक्ष्मण भेटेनरी सेन्टर, आचार्य भेटेनरी सेन्टर, सनराइज फार्मेसी, झा मेडिकल सेन्टर लगायत छन् ।
साथै, केयर आयुर्वेद प्रालि, शुभचिन्तक क्लिनिक प्रालि, किसान एप्रोभेट, भद्रकाली मेडिकल हल, मलेखु फार्मेसी, आदर्श फार्मेसीलाई पनि कारबाही गरिएको बताइएको छ ।
टिप्पणीहरू