बलात्कार गरेर भागेका रुद्र घण्टाघरबाट समातिए
बलात्कार आरोपमा ९ वर्ष जेल सजाय सुनाइएका एक फरार अभियुक्त हिजो समातिएका छन् । वीरेन्द्रनगर नगरपालिका वडा नं। १६ का २० वर्षिया रुद्र बहादुर खड्कालाई सुर्खेतको घण्टाघरबाट प्रहरीले समातेको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले खड्कालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनलाई जिल्ला अदालत सुर्खेतले बलात्कार गरेको आरोपमा ९ वर्ष ११ महिना २१ दिन कैद र चार लाख जरिवानाको सजाय सुनाएको थियो ।
घण्टाघरमा घुमफिर गरिरहेका उनलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यलय सुर्खेतमा बुझाइएको छ ।
टिप्पणीहरू