कास्कीमा ५७ हजार मतदाता थपिए

कास्कीमा ५७ हजार मतदाता थपिए

कास्की जिल्लामा पछिल्लो साढे चार वर्षमा ५७ हजारभन्दा बढी मतदाता थपिएका छन् । २०७४ को स्थानीय निर्वाचनपछि गत २४ माघसम्म ५७ हजार १ सय २९ मतदाता थप भएका हुन् ।

२०७४ सालमै भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि भने २६ हजार ४ सय ८८ मतदाता थपिएका थिए । योसँगै कास्कीमा अब दुई लाख ८१ हजार ९ सय ४० मतदाता कायम भएका छन् ।

सबैभन्दा धेरै पोखरा महानगरपालिकामा ३९ हजार ६ सय ३८ मतदाता थप भएका छन् भने सबैभन्दा कम रुपामा तीन हजार ३ सय २९ जना थपिएका हुन् ।

त्यस्तै, माछापुच्छ्रेमा चार हजार १ सय ६७, मादीमा पाँच हजार २ सय र अन्नपूर्णमा चार हजार ७ सय ९५ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

टिप्पणीहरू