मन्त्री आले अपशब्द बोलेको विवादमा तानिए
केही राम्रा काम गरेर चर्चामा आइरहेका संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले नयाँ विवादमा मुछिएका छन् ।
कामकाे सिलसिलामा भारतकाे मुम्बई पुगेका एक नेपाली युवकसँग मन्त्री आले तल्लो स्तरको गालीगलौजमा उत्रिएका हुन्। मन्त्री र ती युवकबीच भएको कुराकानीकाे दुई मीनेट २५ सेकेन्डकाे भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ।
भिडियोमा ती युवकलाई किन जथाभावी टिप्पणी गरेको भन्दै मन्त्री ले पटकपटक अपशब्द प्रयोग गरेकाे प्रष्टै सुन्न सकिन्छ ।
मन्त्री आले सोध्छन्, ‘कहाँ हुनुहुन्छ तपाईं ?’
युवकको तत्कालै जवाफ आउँछ,‘म इन्डियातिर छु।’
मन्त्री फेरि प्रश्न गर्छन्, ‘तपाईंको त्यो कमेन्ट हेरेँ मैले । के लेखेको त्यस्तो ?’
आफ्नो लेखाइप्रति उत्तरदायित्व नलिने युवकको गैह्रजिम्मेवार जवाफ हुन्छ, ‘हैन हजुर,हामीले पनि यस्तो आश गरेका थिएनौं,के गर्नु?’
आले फेरि प्रश्न गर्छन्,‘कस्तो आश ?’
युवक भन्छन्, ‘तपाईंबाट यस्तो हुन्छ भन्ने आश लागेको थिएन के !’
त्यसपछि मन्त्री आले आक्रोशित हुँदै गालीगलौजसहित युवकलाई ठाउँको ठाउँ उठाउँछु भन्छन् ।
टिप्पणीहरू