साहित्यकार तारानाथ अस्ताए

साहित्यकार तारानाथ अस्ताए

साहित्यकार तारानाथ शर्माको निधन भएको छ । ८७ वर्षको उमेरमा आज बिहान आफ्नै निवास सरस्वती नगर चाहवेलमा उहाँको निधन भएको हो ।

झर्रोवादी आन्दोलनका एक स्तम्भका रूपमा चर्चित उनका सम्पादन र मौलिक गरी करिब दुई सय कृति प्रकाशित छन् । २०२६ सालको मदन पुरस्कार जितेका उनका ‘बेलायततिर बरालिँदा’, ‘घनघस्याको उकालो काट्दा’ जस्ता कृति चर्चित मानिन्छन् ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले बताएको छ ।

टिप्पणीहरू