एमसीसी पास गर्न कस्सियो कांग्रेस
नेपाली कांग्रेस संसदीय दलको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता यथाशीघ्र अगाडि बढाउने निर्णय गरेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा भर्खरै सम्पन्न बैठकले एमसीसी तत्काल अगाडि बढाई अनुमोदन गर्नुपर्नेमा जोड दिएको हो ।
बैठकले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाविरुध्द संसदमा दर्ता महाभियोग प्रस्ताव पारित गर्न सबै राजनीतिक दलहरुसँग छलफल गर्ने निर्णय पनि गरेको छ । न्यायालयमा देखिएको अन्यौलता हटाउन प्रधानन्यायाधीशमाथि दर्ता भएको महाअभियोग प्रस्तावलाई संसदबाट पारित गराउन सबै राजनीतिक दलहरूसंगको छलफललाई निरन्तरता दिने निर्णय भएको एक नेताले बताए ।
बैठकमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा,गृहमन्त्री बालकृष्ण खाँण,सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेता डा.शशांक कोइरालालगायत ३५ जना सहभागी थिए । अब सानेपामा पार्टीको बैठक बस्ने तयारी छ।
टिप्पणीहरू