एकैचोटि ११ सहसचिवको सरुवा

एकैचोटि ११ सहसचिवको सरुवा

सरकारले थप ११ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न मन्त्रालय, विभाग र प्रदेश मन्त्रालय तथा अतिरिक्तमा रहेका सहसचिवहरूको सरुवा गरेका हो ।

सरुवामा हुनेमा खोमराज कोइराला, टुवराज पोखरेल, हेमराज सुवेदी, दिपक लामिछाने, बिनु बज्राचार्य, बाबुराम गौतम, लिलाप्रसाद शर्मालगायतका छन् । त्यस्तै, मेघनाथ तिम्सिना, राम नन्दन तिवारी, सेवन्तराज दाहाल, कृष्णप्रसाद काप्रीको पनि सरुवा भएको छ ।

मन्त्रालयका जारी गरेको सूचनाअनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, उधोग मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कृषि मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ सहसचिव पाएका छन् ।

टिप्पणीहरू