एमसीसी पास भए माओवादी सरकारमा नबस्ने, प्रचण्ड बालुवाटारमा

एमसीसी पास भए माओवादी सरकारमा नबस्ने, प्रचण्ड बालुवाटारमा

सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले विवादास्पद एमसिसी सम्झौता संसदमा पेश भए सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको दलको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेस गरिए सरकारबाट बारिने निर्णय गरेको हो । सरकारले आज एमसीसी टेवल गर्ने तयारीका साथ् प्रतिनिधिसभाको बैठक बोलाएको पूर्वसन्ध्यामा माओवादीको यो निर्णयले तरंग पैदा गरेको छ।

बैठकलगत्तै माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जानुभएको छ ।

टिप्पणीहरू