मध्यराति बाइकबाट पच्छारिएका सार्की बिते

मध्यराति बाइकबाट पच्छारिएका सार्की बिते

पाल्पाको रामपुरमा मोटरसाइकल पल्टिंदा एक व्यक्तिको ज्यान गएको छ । हिजो राति ९ बजे रामपुर नगरपालिका–४ स्लामपुरमा प्रदेश ३ –०२–००८ प २९८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिंदा मोटरसाइकलको पछाडि बसेका प्रेमबहादुर सार्कीको मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय रामपुरका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका ४२ वर्षीय सार्कीको उपचारका क्रममा रामपुर अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल चालक भने घाइते छन् । घाइते चालक पाल्पा–५ बेझाडका ३५ वर्षीय जीवन श्रेष्ठलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ ।

टिप्पणीहरू