रुस-युक्रेनको विवादले पुल्चोकमा बबाल
रुस र युक्रेनबीच हुनसक्ने सम्भावित युध्द रोक्न माग गर्दै शान्ति समाज नेपालले काठमाडौँमा प्रदर्शन गरेको छ । ललितपुरको हरिहरभवनस्थित संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि समाजले आज प्रदर्शन गरेको हो ।
प्रदर्शनमा उनीहरुले युध्द टार्न र शान्ति प्रवर्धन गर्न आह्वानसहित शान्तिको अधिकार सदासर्वदा सुरक्षित हुनुपर्नेमा जोड दिएका थिए । प्रदर्शनपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई लेखिएको पत्र नेपालस्थित राष्ट्रसंघ कार्यालयमा हस्तान्तरण गरिएको शान्ति समाजले जनाएको छ ।
प्रदर्शनमा मानव अधिकार तथा शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी,उपसभापति रत्नलक्ष्मी श्रेष्ठ,महासचिव रामकृष्ण बराल, सचिव मीना ढकाल,सदस्यता अपिल समिति संयोजक बलबहादुर गाहा मगर, कोषाध्यक्ष जगन्नाथ पुडासैनी सहभागी थिए ।
त्यस्तै, केन्द्रीय सदस्यहरु चन्द्रमणी बञ्जारा, उमा गौतम, सदस्यता अपिल समिति सदस्य ईश्वरा लिङदेन, काठमाडौँ शाखाका कार्यवाहक सभापति भगवान पुडासैनी, ललितपुर शाखा सभापति सन्जोग चाम्लिङ राईलगायतको पनि उपस्थिति थियो ।
टिप्पणीहरू