स्वर्गीय चन्द्रमायाकाे त्रैमासिक स्मृतिमा शैक्षिक सामाग्री र न्यानो कपडा वितरण

स्वर्गीय चन्द्रमायाकाे त्रैमासिक स्मृतिमा शैक्षिक सामाग्री र न्यानो कपडा वितरण

पाँचथर उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष मित्रप्रसाद काफ्लेकाे स्वर्गीय आमा चन्द्रमाया काफ्लेको ९० औं तिथी (त्रैमासिक) को अवसरमा छात्र छात्रालाइ स्वेटर र स्टेशनरी सामान दिइएकाे छ ।

पाँचथरको फिदिम नगरपालिका ७ रानिटार स्थित सगरमाथा आधारभुत विद्यालयका ६० जना छात्र छात्रालाइ स्वेटर र स्टेशनरी सामान  वितरण गरिएको हाे । जनसेवा समाज पाँचथरको संयोजनमा विद्यालयमै पुगेका काफ्लेले विद्यार्थीलाई सामग्री वितरण गरेका हुन  ।

टिप्पणीहरू