रोल्पाको मेटियो यौटा रहर

रोल्पाको मेटियो यौटा रहर

रोल्पा नगरपालिकाको वडा नम्बर २ मा निर्मित पक्कीबाटोको उदघाटन गरिएको छ । सात ताले थलिबाङ हुँदै फल्लेधारा मोटरबाटो स्तरोन्नतिको बिहिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी सोनामले उदघाटन गर्नुभएको हो ।

कार्यक्रम सञ्चालन आयोजना समितिका प्रकाश डाँगीले गर्नुभएको थियो । रोल्पा नगरपालिकाको ५० लाख र जनश्रमदान गरी निर्माण गरिएको आयोजना अध्यक्ष सीताराम डाँगीले बताउनुभयो । कार्यक्रममा नगर प्रमुख पूर्ण केसीले अतिथिहरुलाई खादा लगाएर स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभासद दिपेन्द्र पुन,नगर प्रमुख पूर्ण केसी,उपप्रमुख मनकुमारी घर्ती,विभिन्न राजनीतिक दलका प्रमुखहरु,प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, लगायत स्थानीय र सरोकारवालाहरुको सहभागिता थियो ।

टिप्पणीहरू