बिहानदेखि नेताहरुको कुदाइ शुरु

बिहानदेखि नेताहरुको कुदाइ शुरु

एमसिसी विवादले तरङ्ग निम्त्याइरहेको बेला अहिले बिहानदेखि फेरि नेताहरुको दौडधुप शुरु भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसङ्ग अर्थमन्त्री जनार्दन शर्माको भेटघाट चलिरहेकै बेला त्यसमा सामेल हुन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भर्खरै खुमल्टार पुग्नुभएको छ । त्यही छलफलपछि आ-आफ्नो निवासमा खाना खाएर नेताहरु हिजो अवरुद्ध सत्ता गठबन्धनको बैठकमा भाग लिन १० बजे बालुवाटार जाने तयारी छ ।

यसैवीच नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल र जसपा नेता अशोक राई पनि सोही छलफलमा सहभागी हुन भर्खरै खुमल्टार पुग्नुभएको माओवादी अध्यक्षको सचिवालयका प्रेस सहयोगी रमेश मल्लले जनआस्थालाई जानकारी दिनुभएको छ ।

टिप्पणीहरू