अहिले बालुवाटार र खुमल्टारमा के-के भए ?
सत्ता गठबन्धनको बैठक शुरु हुनुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले अबको आफ्नो तयारी पूरा गर्नुभएको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुलाई बिहानैदेखि बालुवाटार बोलाएर उहाँले आवश्यक सल्लाह गर्नुभएको हो । यसअघि भर्खरै खुमलटारमा सम्पन्न काङ्ग्रेसइतर तीन दलका शीर्ष नेताहरुको बैठकले पनि आजको सत्ता गठबन्धनमा कसरी प्रस्तुत हुने भन्नेवारे छलफल गरेको छ । दुई दिनको समय लिएर थप छलफल गर्ने,कानूनी प्रक्रिया पूरा गरेर मात्र एमसिसी पेश गर्न लगाउने,चुनावपछिसम्मलाई थाती राख्न प्रधानमन्त्रीसङ्ग आग्रह गर्ने या प्रक्रियावारे सहमति जुट्न नसके सँसदमा आफूखुशी प्रस्तुत हुने तर गठबन्धन नटुटाउनेवारे नेकपा माओवादी,एकीकृत समाजवादी र जसपाका नेताहरु साझा निश्कर्षमा पुगेर खुमल्टारबाट उठेका हुन् ।
टिप्पणीहरू