आज पनि एमसिसी पेश नहुने गरी उठे नेताहरु
प्रधानमन्त्री निवास बालुवाटारमा जम्मा ४० मीनेट बसेको सत्तारूढ गठबन्धनको बैठक पर्सिसम्म फेरि बस्नेगरी सकिएको छ ।
आजको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भोलि पार्टीको स्थायी समिति बस्न लागेकोले सार्न आग्रह गरेबमोजिम फागुन ८ गते बस्ने गरी नेताहरु उठेका हुन् ।
यसले गर्दा आज हुने प्रतिनिधिसभा बैठकमा एमसिसी पेश नहुने भएको छ ।
टिप्पणीहरू