चुनाव वनको,प्यानल दलको

चुनाव वनको,प्यानल दलको

देश कसरी दलको दलदलमा भासिन थाल्यो भन्ने सानो नमूना यस्तो छ-चुनाव हुँदैछ तेलपानी सामुदायिक वन उपभोक्ता समूहको,खानेपानी,स्कूल,बिध्युत भनेजस्तै समाजका प्रत्येक अवयवहरुमा राजनीति छपक्कै छाएको छ,दलहरु,मनहरु बिभाजित छन् ।

सामुहिकता हराएको छ,यसो भएपछि विकासमा देश पछि पर्ने नै भयो । यसै क्रममा एमाले प्रतिनिधिलाई भोट हाल्न आग्रह गरिएको छ । झापास्थित उक्त वनको चुनावमा आफ्ना प्रतिनिधिहरु जिताउन एमालेले आव्हान गरेको हो ।

एमालेका तर्फबाट घोडा,दियो,भाले, मादल र फुटबल लिएर पाँच जना प्रतिनिधिले उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये घोडा चिन्ह लिएर अध्यक्ष पदका लागि पर्शुराम पोख्रेल, दियो लिएर उपाध्यक्ष पदमा विमला काफ्ले,कुखुराको भाले लिएर सचिवमा रमिला राईले उमेदवारी दिएका हुन् ।

यस्तै,मादल चिन्ह लिएर सहसचिव पदमा पारस निरौला तथा फुटबल चिन्ह लिएर कोषाध्यक्ष पदमा हस्तसिंह पाख्रिनले उम्मेदवारी दर्ता गराएका हुन् ।

टिप्पणीहरू