एमसीसी अघि बढाउन सत्ता गठबन्धनमा सहमति
सत्तारुढ पाँच दलीय गठबन्धनले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभाको बैठकमा टेवल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा भर्खरै सम्पन्न गठबन्धनको बैठकले प्रस्ताव संसद बैठकमा पेस गर्ने निर्णय गरेको हो ।
यद्यपि, यसबारे नेताहरूले औपचारिक रूपमा जानकारी दिन बाँकी छ । प्रतिनिधिसभाको बैठक आइतबार (आज) दिउँसो १ बस्दै छ । त्यसअघि सभामुखले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएर एमसीसीलाई संसद्को कार्यसूची बनाउने तयारी छ ।
गठबन्धन बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई सहभागी थिए ।
टिप्पणीहरू