विप्लवहरु बिआइसिसी घेर्न अघि बढ्दै
सरकारले एमसीसी सम्झौता प्रतिनिधिसभामा टेबल गर्ने तयारी गरिरहँदा विभिन्न ६ वटा राजनीतिक दलले “निर्णायक संघर्ष गर्ने” भनेका छन् । एमसीसीविरुध्दको सडक संघर्ष निर्णायक मोडमा पुगेको भन्दै ६ वटा कम्युनिष्ट घटकले आन्दोलनलाई आज पनि निरन्तरता दिन लागेका हुन् ।
संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चासहित संसद बाहिर रहेका मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित साना वामपन्थी दल आज आन्दोलनको तयारीमा जुटेका छन् ।
“अमेरिकी राजदूत र्यान्डी बेरीको ट्वीट,चिनियाँ विदेश मन्त्रालयको प्रतिक्रिया र देउवा सरकारको एमसीसी संसदमा टेबुल गर्ने अन्तिम कसरतले उक्त बिषयलाई पुष्टि गरेको उनीहरुको निचोड छ ।”
आन्दोलनका कार्यक्रम तय गर्न बसेको ६ दलीय गठबन्धनको बैठकले एमसीसीविरुद्धको संघर्ष गम्भिर मोडमा पुगेको निश्कर्ष निकालेको छ । काठमाडौँस्थित अमेरिकी राजदूत र्यान्डी बेरीको ट्वीट,चिनियाँ विदेश मन्त्रालयको प्रतिक्रिया र देउवा सरकारको एमसीसी संसदमा टेबुल गर्ने अन्तिम कसरतले उक्त बिषयलाई पुष्टि गरेको उनीहरुको निचोड छ ।
बैठकले काठमाडौं उपत्यकामा माइतिघर मण्डलाबाट बिरोध प्रदर्शनसहित नयाँ बानेश्वरस्थित संसद भवन घेर्ने र देशव्यापी रुपमा सबै जिल्लामा जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेको छ ।
टिप्पणीहरू