सँसद विघटन,लगत्तै एमसीसीलाई जग्गा वितरण

सँसद विघटन,लगत्तै एमसीसीलाई जग्गा वितरण

अमेरिकी सहयोग परियोजनासम्बन्धी एमसीसी सम्झौता पारित गर्ने वा नगर्ने भन्ने सम्बन्धमा मौन बस्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो सरकार छँदा उसलाई जग्गा उपलब्ध गराएको पाइएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भूमिसुधार मन्त्री पद्य्माकुमारी अर्यालले उक्त कार्य गरेका हुन् ।

गत वर्ष पुस ५ गते संसद विघटन गरेपछि उहाँहरुले उक्त जग्गा उपलब्ध गराएको अभिलेखमा छ । संसद विघटन गरेको १७ दिनपछि एमसीए नेपाललाई कानुनी रुपमा जग्गाको स्वामित्व हस्तान्तरण गरेको देखिन आएको छ ।

नेपाल सरकारले जारी गरेको व्यहोरा उल्लेख भएको उक्त जग्गाधनी दर्ता प्रमाण पूर्जाको दर्ता नम्बर १३५ उल्लेख छ । तर,दर्ता मिति पुस २२ गते उल्लेख भए पनि रुजु गर्नेको दस्तखत र मितिमा १६ दिनअगावै पुस ६ गतेको मिति उल्लेख छ ।

काठमाडौं महानगर २९ नम्बर वडामा रहेको एमसीएलाई नुवाकोट जिल्ला रातमाटेको ३ रोपनीभन्दा बढी अर्थात् झण्डै २ हजार वर्गमीटर क्षेत्रफल जग्गा उपलब्ध गराइएको हो ।

टिप्पणीहरू