एमसीसीको विरोधमा अधिकांश सांसद जुरुक्क
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को विरोधमा अधिकांश सांसद संसद बैठकमा जुरुक्क उठेका छन् । आज अर्थमन्त्री जनार्दन शर्माकातर्फबाट सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता संसदमा पेश गर्दै गर्दा सत्तापक्षकै सांसदहरुले विरोध जनाएका हुन् ।
प्रमुख विपक्षी दल एमालेका सांसदहरुले भने सभामुखले बैठक सुरु भएको जानकारी गराएसँगै सँधैझैँ नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका हुन् ।

टिप्पणीहरू