मोटरसाइकल दुर्घटनामा गाउँपालिकाका प्राविधिक बिते

मोटरसाइकल दुर्घटनामा गाउँपालिकाका प्राविधिक बिते

खोटाङमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाले ज्यान गुमाएका छन् । मृत्यु हुने चितवन भरतपुर महानगरपालिका–६ घर भई खोटाङको रावाबेसी गाउँपालिकामा कार्यरत प्राविधिक ३१ वर्षीय दिपक ढुंगाना हुन् ।

हिजो बेलुकी भएको दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ढुंगाना घाइते भएका थिए । खोटाङको ऐंसेलुखर्क गाउँपालिका–७ को भित्री सडक खण्डमा प्रदेश ३–०२–००७ प ५३३३ नम्बरको मोटरसाइकल दुर्घटनामा भएको हो । उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।

मोटरसाइकल चालक खोटाङ ऐसेलुखर्क–३ का हुलास गुरुङलाई इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताइएको छ ।

टिप्पणीहरू