अब अर्को चर्काचर्की ५ दिनपछि

अब अर्को चर्काचर्की ५ दिनपछि

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता प्रतिनिधिसभामा आज पेश भएको छ । चौतर्फी विरोधका बावजुद आज अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त सम्झौतालाई संसदमा दर्ता गराउनुभएको हो ।

 

मन्त्री कार्कीले एमसीसी पेश गर्दैगर्दा सत्ता गठबन्धनकै अधिकांश सांसदले उठेर विरोध जनाएका थिए

 

तर मन्त्री कार्कीले एमसीसी सम्झौतालाई संसदमा दर्ता गर्नुपूर्व नै अधिकांश सांसदले विरोध जनाएका थिए । डा. भीम रावल,देव गुरुङ तथा दुर्गा पौडेलले एमसीसी पास हुनु आपत्तिजनक रहेको बताए । एमालेले संसद अवरोध गर्दै आएको र जनता पनि एमसिसीलाई अनुमोदन गर्न नहुने पक्षमा रहेको बताउँदै उनीहरुले विपक्षमा मतदान गर्ने बताएका हुन् ।

मन्त्री कार्कीले एमसीसी पेश गर्दैगर्दा सत्ता गठबन्धनका अधिकांश सांसदले उठेर विरोध जनाएका थिए । अब अर्को बैठक आउँदो बिहीबार दिउँसो १ बजे बोलाइएको छ । सडकमा भने एमसीसीको विरोधमा चर्को प्रदर्शन भइरहेको छ ।

 

टिप्पणीहरू