एमसीसीको लफडापछि समाजवादीका नेताहरु आलोकनगरमा जुटे

एमसीसीको लफडापछि समाजवादीका नेताहरु आलोकनगरमा जुटे

नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक काठमाडौंमा सुरु भएको छ । अस्ति स्थायी कमिटी बैठकले एमसीसीका सम्बन्धमा गरेको निर्णयप्रति नेताहरुका फरक–फरक धारणा सार्वजनिक भएपछि त्यसबारे छलफल गर्न सचिवालय बसेको हो ।

आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यलयमा केही बेरअघि बैठक सुरु भएको संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा एमसीसी संसदमा टेबुल भइसकेपछिको परिस्थितिबारे छलफल हुँदैछ ।

नेकपा एसभित्र एमसीसीलाई समर्थन गर्ने नगर्नेबारे विवाद चर्केको छ । सम्मानित नेता झलनाथ खनालले सम्झौता संसदमा टेबुल भएकोमा बिरोध जनाउँदै आउनुभएको छ ।

अध्यक्ष नेपालपक्षले एमसीसी परिमार्जनको अडानसहित सदनमा टेबुल गर्न सरकारलाई सैद्धान्तिक सहयोग गरेको बताएको छ । अब परिमार्जनको विषय सदनमा उठाउने शहरी विकास मन्त्रीसमेत रहनुभएकी नेतृ रामकुमारी झाँक्रीले बताउनुभयो ।

आजको बैठकमा एमसीसीको सम्बन्धमा संसदमा अपनाइने रणनीतिका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

टिप्पणीहरू