अष्ट्रेलियाले पूर्ण खोप लगाएकालाई सीमाना खोल्यो

अष्ट्रेलियाले पूर्ण खोप लगाएकालाई सीमाना खोल्यो

झण्डै दुई वर्षपछि अष्ट्रेलियाले अन्य देशका यात्रुको निम्ति आफ्नो सीमाना खोलेको छ । कोरोनाविरुद्ध पूर्ण खोप लगाएका अन्तर्राष्ट्रिय यात्रुका निम्ति अष्ट्रेलियाले आजदेखि सीमाना खुला गरेको हो ।

आफ्ना नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै आर्थिक सुधारलाई सुनिश्चित गर्न सीमाना खोलिएको सरकारी भनाइ छ । आज अष्ट्रेलियामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय उडानका विमान अवतरण हुने अपेक्षा गरिएको छ । पूर्ण रूपमा खोप प्राप्त नगरेका तर प्रवेशाज्ञा प्राप्त यात्रुहरूका लागि भने अझै यात्रासम्बन्धी सहज छुट दिइएको छैन ।

कोरोना महामारीका कारण सन् २०२० को मार्च महिना यता अष्ट्रेलियाले निकै कडा यात्रा प्रतिबन्ध लागु गरेको थियो । खोपको पूर्ण मात्रा लगाएका यात्रुहरू क्वारेन्टिनमा बस्नुपर्ने छैन । तर खोप नलगाएका यात्रुहरू भने आफ्नै खर्चमा १४ दिनसम्म होटेलमा बस्नुपर्ने हुन्छ ।

कोरोना महामारी शुरु हुनुअघि सन् २०१९ मा अष्ट्रेलियामा झन्डै ९५ लाख विदेशी पर्यटक पुगेका थिए ।

टिप्पणीहरू